विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २१ माघ २०८१, सोमबार
आज माघ २१ गते देखि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा १ विरपुरविरपुरमा नवदिवसिय अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ सुरु हुदै छ । श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र बुद्धभूमि १ विरपुरको आयोजनामा हुने ज्ञानयज्ञ नौ दिनसम्म चल्ने छ ।
आज माघ २१ गतेदेखी सुरुहुने ज्ञानयज्ञको तयारीको काम सबै सकिएको आयोजकले जनाएको छ ।
आज माघ २१ गते महासंकल्प पछि ९ दिनसम्मनै पण्डितले अनुष्ठानको कार्य गर्नेछन् ।
ज्ञानयज्ञ आज बिहान ९ः४५ मा प्रारम्भ हुने छ भने १०ः ०५ मा झण्डा स्थापना गरिने छ । यसैगरी बिहान १०ः२४ मा सूर्य मन्दिर शिलन्यास गरिने कार्यक्रम रहेको छ ।
यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १०ः ४० बाट सुरु हुनेछ । राति ८ बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य श्री विष्णु प्रसाद ज्ञवालीज्यूको मुखारविन्दबाट श्रीमद्भागवत तथा कथा प्रवचन हुनेछ । ज्ञानयज्ञ माघ २९ गते समापन हुने यज्ञ सम्पादन मुल समितिका संयोजक इश्वरी प्रसाद पौडेलको भनाई छ ।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...