कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको तेर्हौँ साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार जितपुरमा सम्पन्न अधिवेशनले प्रकाश चौधरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।
नव–निर्वाचित अध्यक्ष चौधरीको नेतृत्वमा कृष्ण पाण्डे उपाध्यक्ष, कृष्ण खनाल सचिव, विशाल बेल्बासे सह–सचिव, श्याम तिमिल्सिना कोषाध्यक्ष र धिरेन्द्र अधिकारी लेखा समिति संयोजकसहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ।
नव निर्वाचित अध्यक्ष चौधरी लामो समयदेखि फोटोग्राफी पेशामा र सामाजिक कार्यमा अग्रसर हुनुहुन्थ्यो अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा फोटोग्राफरहरूको हक–अधिकार संरक्षण, पेशागत सीप अभिवृद्धि तथा संघलाई थप व्यवस्थित र सशक्त बनाउने प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रामचन्द्र बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, वाणगंगा नगरपालिका उपप्रमुख रीता कुमारी चौधरी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय तथा प्रदेशस्तरीय प्रतिनिधि, उद्योग–व्यापार क्षेत्रका पदाधिकारी, पत्रकार महासंघका प्रतिनिधि, समाजसेवी र विभिन्न संघसंस्थाका प्रमुखहरूको उपस्थिति थियो।
थप समाचार
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१८ जेष्ठ २०८३, सोमबार
महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला
१४ जेष्ठ २०८३, बिहीबार
झापाको बाह्रदशीमा शक्तिशाली हावाहुरीका कारण करोडौँको केरा खे...