श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध निर्वाचित
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २७ माघ २०८२, सोमबार
बुद्धभूमि नगरपालिका १ स्थित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको श्री तारकेश्वर धामको तेस्रो साधारण सभातथा दोस्रो अधिवेशनबाट इन्द्रमणी बेल्बासे अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। ठूलो शक्तिपीठका रूपमा परिचित तारकेश्वर धामको नेतृत्व सम्हाल्दै बेल्बासेले धामको गरिमा, धार्मिक आस्था र संस्कारको संरक्षणलाई प्राथमिकतामाराखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नव निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गंगा पाण्डे, उपाध्यक्ष गिरीराज बस्नेत, कोषाध्यक्ष रामप्रसाद उपाध्याय, सचिव राधा अदै, सह–सचिव टानबहादुर केसी लगायत ११ सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो। यस्तै लेखा समिति संयोजकमा पिताम्बर पोख्रेलसहित ३ सदस्य चयन हुनुभएको छ।
कार्यक्रमको खुल्ला सत्रमा धामका नि वर्तमान अध्यक्ष मोहन सिंह पोख्रेलको अध्यक्षता रहेको थियो भने बुद्धभूमिनगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा वडा अध्यक्ष तेजबहादुर बस्नेत, कार्यपालिका सदस्य कमला चौधरी, वडा सदस्य दिपु थारु, विभिन्न संघ–संस्थाका अध्यक्ष तथाप्रतिनिधिहरू, क्लबका अध्यक्षहरू, प्रहरी चौकी पत्थरकोटका प्रमुख लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि नगरप्रमुख केशवकुमार श्रेष्ठले तारकेश्वर धाम केवल धार्मिक स्थल मात्र नभई स्थानीय पहिचान र आस्थाकोकेन्द्र भएको उल्लेख गर्दै यसको प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले स्थानीय तह धामलाईविशेष प्राथमिकतामा राखेर संरक्षण र विकासमा सदैव साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
नव निर्वाचित अध्यक्ष इन्द्रमणी बेल्बासेले आफ्नो धारणा राख्दै भन्नुभयो,
“तारकेश्वर धाम भौतिक संरचना मात्रै होइन, हाम्रो संस्कार, संस्कृति र धार्मिक आस्थाको केन्द्र हो। धामको विकास गर्दै जाँदायसको मौलिकता, परम्परा र आध्यात्मिक मूल्य जोगाइराख्नु हाम्रो मुख्य दायित्व हो।”
उहाँले धार्मिक पर्यटन प्रवर्द्धन, आजीवन सदस्य संख्या वृद्धि तथा धामलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्यसहित काम गर्नेप्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा जानकारी गराइएअनुसार हाल धाममा ३७३ जना आजीवन सदस्य रहेका छन् भने बुद्धभूमि क्षेत्र मात्र नभईदेशभरबाट आजीवन सदस्यता लिने क्रम निरन्तर बढिरहेको नि-वर्तमान अध्यक्ष मोहन पोख्रेलले बताउनुभयो। साथै तारकेश्वरबाबाको १००औँ जयन्ती समेत यस अवसरमा भव्य रूपमा मनाइएको थियो।
देशकै ठूलो शक्तिपीठका रूपमा स्थापित श्री तारकेश्वर धामले धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतनाको केन्द्रका रूपमासमाजलाई मार्गदर्शन गर्दै आएको छ। नव नेतृत्वसँगै धामले अझ व्यवस्थित, समृद्ध र आस्थाको केन्द्रका रूपमा नयाँ उचाइलिने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा स्वागत मन्तव्य प्रेमनारायण अधिकारीले गर्नुभएको थियो।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
२२ भाद्र २०८३, सोमबार
बाढी प्रभावित रसुवामा अधिकांश क्षेत्रमा वर्ल्डलिंकको इन्टरने...