होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
-
भक्तिराम घिमिरे
काठमाडौं | २४ चैत्र २०८२, मंगलवार
नेपाली मौलिक स्वाद, संस्कृति र आतिथ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित होटल पौवाले ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना गर्ने भएको छ। संस्थाको स्थापना दिवसको अवसर पारेर देशभर सञ्चालनमा रहेका शाखामार्फत विविध कार्यक्रम गर्न लागिएको हो।
आयोजकका अनुसार चैत २५ गते ‘पौवा दिवस’को रूपमा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरिनेछ। यस दिन विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधिमार्फत समुदायसँग सहकार्य गरिने जानकारी दिइएको छ।
त्यसैगरी चैत २६, २७ र २८ गते ‘स्वाद उत्सव’ सञ्चालन हुनेछ। उत्सव अवधिभर हरेक दिन २ वटा विशेष नेपाली परिकार चखाउने व्यवस्था गरिनेछ। कार्यक्रम बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुने बताइएको छ। हाल होटल पौवाका देशभर २० वटा शाखा सञ्चालनमा रहेका छन्।
चैत २८ गते भैरहवास्थित होटल पौवामा ‘लगानी सम्मेलन’ समेत आयोजना गरिनेछ, जसमा सम्पूर्ण लगानीकर्ताहरूको सहभागिता रहनेछ। सम्मेलनले आगामी १० वर्षका लागि लगानी योजना (रोडम्याप) तयार पार्ने, साथै शाखा संख्या १०० पुर्याउने लक्ष्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
यसै अवसरमा नयाँ वर्ष विशेष कार्यक्रमको जानकारी समेत सार्वजनिक गरिनेछ, जसले आगामी दिनका योजनाहरूलाई थप स्पष्ट बनाउने विश्वास गरिएको छ।
यस वर्षको मूल नारा “बितायौं बालापन” — अब परिपक्व र सशक्त यात्रातर्फ अघि बढ्ने भन्ने रहेको छ, जसले संस्थाको विकास यात्रा र आगामी लक्ष्यलाई प्रतिबिम्बित गरेको छ।
उक्त कार्यक्रमसँगै होटल पौवाको गोरुसिङ्गे शाखालाई समेत विशेष रूपमा जोडिएको छ, जहाँबाट पनि उत्सव र सेवामूलक गतिविधिहरू सञ्चालन गरिनेछन्।
होटल पौवा परिवारले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा लगानीकर्ताहरूलाई कार्यक्रममा सहभागी भई नेपाली स्वाद, संस्कृति र आतिथ्यको अनुभव लिन आग्रह गरेको छ।
थप समाचार
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...
१० मंसिर २०८२, मंगलवार
दक्षिण कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियत ऋण: KOICA–कृषि व...