आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना तथा “फेरी भेटौला” कार्यक्रम सम्पन्न
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १ चैत्र २०८२, आईतवार
बुद्धभूमि नगरपालिका–३ रनगाईस्थित राम लक्षमण ताल परिसरमा श्री आदर्श इङ्लिस बोडिङ स्कुलका कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का एसईई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै “शुभकामना तथा फेरी भेटौला” कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रीय सदस्य शिव गैरेले एसईई परीक्षा विद्यार्थी जीवनको महत्वपूर्ण चरण भएको बताउँदै आत्मविश्वास, लगनशीलता र अनुशासनका साथ परीक्षा दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। उहाँले विद्यालयले प्रदान गर्दै आएको शिक्षाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि तथा अभिभावक संघका अध्यक्ष कृष्ण भट्टराईले विद्यार्थीहरूको सफलताका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयका प्रवन्ध निर्देशक कृष्ण प्रसाद भट्टराईले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा नैतिक मूल्यमान्यतालाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयले विद्यार्थी को उज्ज्वल भविष्य निर्माणमा निरन्तर प्रयास गर्ने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै विद्यालयका प्रधानाध्यापक गोबिन्द खनालले एसईई परीक्षा जीवनको महत्वपूर्ण मोड भएकाले आत्मविश्वासका साथ परीक्षा दिन विद्यार्थीहरूलाई सुझाव दिनुभयो। कार्यक्रममा विद्यालयका व्यवस्थापक गंगा अर्याल तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम तथा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। विशेष कुरा, कार्यक्रमको सञ्चालन समेत कक्षा ९ का विद्यार्थीहरूले नै गरेका थिए, जसले विद्यार्थीहरूको प्रतिभा र नेतृत्व क्षमतालाई झल्काएको थियो।
विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुशासन र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ। कार्यक्रमको अन्त्यमा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै “फेरी भेटौला” भन्ने भावनासहित विदाइ गरिएको थियो।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
२२ कार्तिक २०८२, शुक्रबार
### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूट...
१५ असार २०८२, आईतवार
शीर्षक: यस वर्षको एसईई नतिजामा देशभर सुधार, धेरै जिल्लामा उत...
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
१९ बैशाख २०८२, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा समयमै हुने...