शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २७ बैशाख २०८३, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा आयोजित शिक्षकहरूको पेशागत क्षमता विकास तालिम कार्यक्रम होटल पौवामा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल गोविन्द खनाल ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बुद्धभूमि नगरपालिका–४ का वडा अध्यक्ष सुशिल कुमार चौधरी सहभागी हुनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्रशिक्षक डी. आर. दाहाल ले बालमैत्री शिक्षा विधि, प्रभावकारी अध्यापन शैली, विद्यालयको संस्कार, खेल्दै पढ्दै सिकाइ प्रक्रिया तथा व्यवहारिक शिक्षालगायत विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले समयअनुसार शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी केन्द्रित शिक्षाले मात्रै गुणस्तरीय सिकाइ सम्भव हुने बताउनुभयो।
प्रमुख अतिथि सुशिल कुमार चौधरीले शिक्षकको क्षमता विकास बिना गुणस्तरीय शिक्षा सम्भव नहुने बताउँदै यस्ता तालिमले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँले शिक्षासँगै संस्कार र व्यवहारिक ज्ञानलाई जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विद्यालयका प्रवन्ध निर्देशक कृष्ण प्रसाद भट्टराई ले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक विरेन्द्र यादव ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिमपछि सहभागी शिक्षक–शिक्षिकाहरूले कार्यक्रमबाट नयाँ ज्ञान र शिक्षण सीप सिक्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिकेका विधि आगामी दिनमा कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
थप समाचार
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
२२ कार्तिक २०८२, शुक्रबार
### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूट...
१५ असार २०८२, आईतवार
शीर्षक: यस वर्षको एसईई नतिजामा देशभर सुधार, धेरै जिल्लामा उत...
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...