बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
बुद्धभूमि नगरपालिकामा नवगठित नगर युवा परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम आइतबार नगरपालिका सभाहलमा सम्पन्न भएको छ।
भक्तिराम घिमिरे
कपिलवस्तु | २१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नवगठित नगर युवा परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम आइतबार नगरपालिका सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख तथा नगर युवा परिषद्का अध्यक्ष केशव कुमार श्रेष्ठले गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई सामाजिक रूपान्तरणका संवाहकको रूपमा अगाडि बढ्न प्रेरणा दिनुभयो। “नव नियुक्त युवापदाधिकारीहरू नेतृत्वदायी भूमिकामा क्रियाशील भई स्थानीय तहमा युवामैत्री वातावरण निर्माणमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो।
अतिथि लुम्बिनी प्रदेश युवा परिषद्का सदस्य सरोज खनालले युवालाई सिर्जनात्मक ऊर्जा, उद्यमशीलता र सामाजिक उत्तरदायित्वप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख केशव श्रेष्ठले भन्नुभयो, “युवाहरू देशको मेरुदण्ड हुन्। उनीहरूको क्षमता, सिर्जनशीलता र जोशलाई सकारात्मक दिशामा डोऱ्याउन नगरपालिका प्रतिबद्ध छ। हामीले स्वरोजगार, सीपमूलक तालिम, उद्यमशीलता र नेतृत्व विकासमा युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं, अब नयाँ परिषद्को नेतृत्वमा अझ प्रभावकारी कार्यान्वयन हुनेछ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, लेखा अधिकृत रेणुराम ज्ञवाली, शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराई, विभिन्न वडाका अध्यक्षहरू, स्ट्रोम फाउन्डेसन नेपालका कार्यक्रम व्यवस्थापक जीवन कुमार बस्नेत, किडार्क नेपालका कार्यक्रम निर्देशक गौतम अधिकारी तथा कार्यपालिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष रोम बहादुर थापाले भन्नुभयो, “युवा परिषद्को गठनले स्थानीय तहमा युवाको सहभागिता सुनिश्चित भएको छ। अब युवाहरूले समाज रूपान्तरणका अभियानमा अग्रसर भई जिम्मेवार र उदाहरणीय कार्य गरेर देखाउनुपर्ने आवश्यकता छ। नगरपालिका र वडास्तरबाट पनि यस्ता प्रयासहरूलाई पूर्ण सहयोग गरिनेछ।”
नगर प्रमुख श्रेष्ठले उपाध्यक्ष शेखर घिमिरेसहित १८ जना सदस्यहरूलाई सपथ गराउनु भएको थियो। स्वागत मन्तव्य लेखा अधिकृत ज्ञवालीले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले गर्नुभएको थियो।
सह-आयोजकको रूपमा स्ट्रोम नेपाल र किडार्क नेपाल रहेका थिए।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै