कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
बुद्धभुमि-१ टिक्करमा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी एक दिवसीय जनचेतना तथा प्रशिक्षण कार्यक्रम श्री कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वनको सभाहल, टिक्कर मा सम्पन्न भएको छ।
भक्तिराम घिमिरे
कपिलवस्तु | ९ चैत्र २०८१, आईतवार
बुद्धभुमि-१ टिक्करमा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी एक दिवसीय जनचेतना तथा प्रशिक्षण कार्यक्रम श्री कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वनको सभाहल, टिक्कर मा सम्पन्न भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सव डिभिजन वन कार्यालय गोरुसिङेका प्रमुख दयाराम पौडेल रहनुभएको थियो। उहाँले वन डढेलो नियन्त्रणका उपायहरूबारे प्रशिक्षण प्रदान गर्नुका साथै अग्नि नियन्त्रण उपकरणहरूको प्रयोग विधि समेत प्रदर्शन गर्नुभएको थियो।

कार्यक्रममा वन डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष निल कुमार श्रेष्ठ विशेष अतिथिका रूपमा रहनुभएको थियो। उहाँले डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको बताउँदै सचेतना र सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभयो।
साथै, कार्यक्रममा छिमेकी सामुदायिक वनका अध्यक्षहरूको समेत विशेष उपस्थिति रहेको थियो। उनीहरूले वन संरक्षण तथा डढेलो नियन्त्रणका लागि आपसी समन्वय र सहकार्यको आवश्यकता रहेको कुरा व्यक्त गरे।
सामुदायिक वनका करिब १५० जना उपभोक्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रम श्री कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रज्वल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमले वन संरक्षण, डढेलो नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। आयोजक संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै