वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम सम्पन्न
गर्मीयाम बढे सङै वन डढेलो नियन्त्रणका लागि पत्थरकोटस्थित श्री हरिओम खोला सामुदायिक वन उपभोक्ता समूहले आफ्ना करिब तिन सय उपभोक्ताहरुलाई आज १ दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
भक्तिराम घिमिरे
कपिलवस्तु | ४ चैत्र २०८१, मंगलवार
बुद्धभूमि (पत्थरकोट), कपिलवस्तु – गर्मीयाम बढे सङै वन डढेलो नियन्त्रणका लागि पत्थरकोटस्थित श्री हरिओम खोला सामुदायिक वन उपभोक्ता समूहले आफ्ना करिब तिन सय उपभोक्ताहरुलाई आज १ दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
समूहका अध्यक्ष बसन्त प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन वन कार्यालय, गोरुसिङेका प्रमुख दयाराम पौडेल रहनुभएको थियो। उहाँले वन डढेलोका कारण वनस्पति, जैविक विविधता र मानव जीवनमा पर्ने असरबारे जानकारी गराउँदै डढेलो नियन्त्रणका उपायबारे प्रकाश पार्नुभयो। प्रमुख अतिथि पौडेलले भन्नुभयो, “वन डढेलो मानव लापरबाहीका कारण बढी फैलिन्छ। त्यसैले सचेतना नै डढेलो रोकथामको प्रभावकारी उपाय हो। यदि हामीले समयमै सतर्कता अपनाएनौँ भने यसले हाम्रो वनजंगल, वन्यजन्तु मात्र होइन, हाम्रो जीवन र सम्पत्तिलाई समेत गम्भीर क्षति पुर्याउन सक्छ। त्यसैले हरेक नागरिक जिम्मेवार बन्न आवश्यक छ।”
प्रमुख अतिथि दयाराम पौडेल र विशिष्ट अतिथि विवेक घिमिरेले एयर ब्लोअर मेशिनको प्रयोग गरी डढेलो नियन्त्रण गर्ने विधि तथा अग्निरेखा कोर्ने तरिका सबै उपभोक्तालाई अभ्यास गराएर देखाउनुभयो।


कार्यक्रममा सहायक प्रमुख तथा रेन्जर विवेक घिमिरे, संस्थापक अध्यक्ष बलराम भुसाल, छिमेकी वनहरू कपिलमुनि सामुदायिक वनका अध्यक्ष तारा गुरुङ, कुन्द्रा सामुदायिक वनका अध्यक्ष प्रज्वल श्रेष्ठ, त्रीशुली सामुदायिक वन गोरुसिङेका अध्यक्ष निलकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन सचिव राम प्रसाद भुसालले गर्नुभएको थियो भने स्वागत मन्तव्य लेखा समिति संयोजक पारसमणि भुसालले दिनुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष बसन्त अधिकारीले कुनै ठाउँमा आगलागी भए तुरुन्त समितिलाई वा प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो।
कार्यक्रम समूहकै भवनमा सम्पन्न भएको थियो भने उपस्थित उपभोक्ताहरूले कार्यक्रम अत्यन्तै फलदायी रहेको प्रतिक्रिया दिएका छन्।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै