कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै, प्रहरी मौन
-
भक्तिराम घिमिरे
कपिलवस्तु | ६ कार्तिक २०८२, बुधबार
कपिलवस्तु जिल्लाको गोरुसिङे चोक पछिल्ला दिनमा अत्यधिक व्यस्त बन्दै गएको छ। यही चोकमा जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु र यात्रु सहायता कक्ष दुवै रहेका छन्। बिहान ५ बजेदेखि राति ९ बजेसम्म विभिन्न स्थानतर्फ गाडीमा आउने र जाने यात्रुहरूको भीडले चोक भरिने गर्छ।विशेषगरी चाडपर्वका समयमा यात्रु र सवारी साधनको चहलपहल झनै बढ्ने गर्दछ।
तर, ट्राफिक कार्यालय र सहायता कक्ष नजिकै हुँदाहुँदै पनि यहाँको ट्राफिक व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त देखिन्छ। सडकमा अव्यवस्थित पार्किङ, ओभरलोड गाडी, र यात्रु तानातानले चोक नै ‘भद्रगोल’ बनेको छ। सहायता कक्ष स्थापना गरिएको भए पनि प्रहरीको उपस्थिती प्रायः शून्यजस्तै छ। कुनैबेला प्रहरी देखिए पनि यात्रुका गुनासा सुन्ने वा समाधान गर्ने तर्फ उनीहरूको ध्यान नपुगेको यात्रुहरूको भनाइ छ
। यात्रुहरू भन्छन् — “ प्रहरीको कार्यालय र सहायता कक्ष यही चोकमा छ, तर व्यवहारमा झट्ट प्रहरी कहीं देखिँदैन। नागरिक ठगिए वा समस्यामा परे पनि कोही सुनिदिने छैन।”
चाडपर्वको समयमा केही चालकहरूले मनलाग्दी भाडा असुल्ने, यात्रुलाई जबरजस्ती गाडीमा चढाउने, कोच्ने र तानातान गर्ने गरेका छन्। प्रहरी प्रशासन भने प्राय नदेखिने कुनैबेला देखिएपनि त्यहीँबाट हेरेर मौन बस्ने गरेको यात्रुहरूको आरोप छ।
नागरिकहरूका अनुसार, प्रहरीको निष्क्रियताले यात्रुहरू दैनिक रूपमा ठगिँदै आएका छन्। मनपरी भाडा, दुर्व्यवहार, र भीडभाडका कारण महिला, बालबालिका तथा बृद्ध यात्रुहरू अझ बढी पीडित भएका छन्।
स्थानीयवासीहरू भन्छन् — “जिल्ला ट्राफिक कार्यालयकै अगाडि नागरिक ठगिँदा प्रहरी मौन रहन्छ भने न्यायका लागि जनता कहाँ जानु?” उनीहरूले कपिलवस्तु प्रहरी प्रशासनलाई तत्काल चोकमा नियमित गस्ती, व्यवस्थित पार्किङ र यात्रु सहायता कक्षलाई सक्रिय बनाउन माग गरेका छन्।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै