नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८, थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
कुमारी तिवारी
नवलपुर | २६ आश्विन २०८३, सोमबार
नवलपुर, असोज २६ — नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८, थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार कावासोती–१७ स्थित अमलटारीघाटमा नारायणी नदी किनारमा फेला परेको बेलनाकार वस्तु घरमा ल्याएर हेक्सा ब्लेडले काट्ने क्रममा सोमबार बिहान करिब ११:२० बजे विस्फोट भएको हो।
विस्फोटमा मध्यविन्दु नगरपालिका–३ का ४९ वर्षीय एकासी बोटे र कावासोती–८ मा बस्दै आएका २८ वर्षीय सचिन कुमार घाइते भएका छन्। दुवैलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको र अवस्था मध्यम रहेको जनाइएको छ।
विस्फोट भएको वस्तु के थियो भन्ने खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Source : Nepal Police
PMS News Nepal
सत्य र विकासको सम्बाहक
थप समाचार
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२१ आश्विन २०८३, बुधबार
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु...
२० आश्विन २०८३, मंगलवार
कुश्मा-बेनी खण्डमा पहिरोले सडक भत्काउनुका साथै ठूलो जोखिम बढ...
१८ आश्विन २०८३, आईतवार
बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित, १७० घर पूर्ण रूप...
१६ आश्विन २०८३, शुक्रबार
१६ असोज, दाङ । कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किँदा एक...
१५ आश्विन २०८३, बिहीबार
बाढी पहिरोले क्षति पुगेको म्याग्दी-मुस्ताङ जोड्ने बेनी–जोमसो...
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस...