logo of PMS News Nepal

PMS News Nepal

७ कार्तिक २०८३, शुक्रबार

23 Oct 2026, Friday

विविध

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।

नाइजेरियाको ओन्डो राज्यमा वायुसेनाको एटीआर–४२ विमान दुर्घटना हुँदा चालक दलका ५ सदस्यसहित २५ जनाकै मृत्यु भएको छ। लागोसतर्फ जाँदै गरेको विमान राडारबाट हराएपछि नौसैनिक अड्डानजिकै भग्नावशेष फेला परेको थियो।

फाइल तस्बिर

बिनिता परियार

नाइजेरिया | २१ आश्विन २०८३, बुधबार

नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा वायुसेनाको एटीआर–४२ विमान दुर्घटना हुँदा चालक दलका ५ सदस्यसहित सवार सबै २५ जनाको मृत्यु भएको छ। लागोसतर्फ जाँदै गरेको उक्त नियमित उडानको विमान उडेको केही समयमै राडारबाट सम्पर्कविहीन भएको थियो।

खोजीका क्रममा इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै नदी किनारमा यसको भग्नावशेष फेला परेको हो। सुरुमा ३२ जना सवार भनिए पनि वायुसेनाले २५ जना मात्र रहेको पुष्टि गरेको छ। वायुसेनाले दुर्घटनाको छानबिन गर्न अनुसन्धनाको आदेश दिएको छ भने राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।