logo of PMS News Nepal

PMS News Nepal

७ कार्तिक २०८३, शुक्रबार

23 Oct 2026, Friday

विविध

कुश्मा-बेनी खण्डमा पहिरोले सडक भत्काउनुका साथै ठूलो जोखिम बढाएको छ।

कुश्मा, मालढुंगा र बेनी सडक खण्डका ठाउँ–ठाउँमा पहिरो खसेर सडक सोहोरिनुका साथै ढुंगामाटो थुप्रिएको छ। क्षतिग्रस्त सडकमा गाडी चल्न थाले पनि भीरबाट ढुंगा खस्ने डरले यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २० आश्विन २०८३, मंगलवार

२० असोज काठमाडौँ ,असोज ८ पछिको अविरल वर्षा र बाढीले कुश्मा-बेनी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। ठाउँ-ठाउँमा पहिरो खसेर सडक क्षतिग्रस्त बनेको छ भने भीरका ढुंगा खस्ने डरले यात्रा जोखिमपूर्ण छ। असोज ११ को कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने ऐतिहासिक मालढुंगा आर्क ब्रिजको पहुँचमार्ग कटान गर्दा मध्यपहाडी राजमार्ग हुँदै सुदूरपश्चिमसम्मको यातायात सम्पर्क विच्छेद भएको छ।

स्थानीयका अनुसार अवैधानिक नदी दोहन र क्रसर उद्योगका कारण बाढीले धार परिवर्तन गरी क्षति पुर्‍याएको हो। सडक डिभिजन पोखराले आकस्मिक रूपमा दशैँअगावै पहुँचमार्ग खुलाउने प्रयास गरिरहेको छ। हाल मालसामान आपूर्ति ठप्प हुँदा उपभोग्य वस्तुको अभाव देखिएको छ भने यात्रुहरू झोलुंगे पुलबाट पैदल नदी तरेर गन्तव्यतर्फ लागिरहेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।