विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा महिला शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा दुई जना प्रहरी नियन्त्रणमा परेका छन्।
कुमारी तिवारी
काठमाडौं बूढानीलकण्ठ | २५ आश्विन २०८३, आईतवार
काठमाडौं, असोज २५ — काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा महिला शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा दुई जना प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २२ गते बिहान करिब १०:३४ बजे विद्यालय परिसरमा महिला शिक्षिकामाथि अश्लील तथा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज र धम्की दिइएको थियो। सोही क्रममा प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई हाल कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिइएको छ।
विद्यालय परिसरभित्रै शिक्षक तथा प्रधानाध्यापकमाथि भएको यस घटनाले शिक्षकको पेसागत सुरक्षा र विद्यालयको शान्तिपूर्ण शैक्षिक वातावरणबारे प्रश्न उठाएको छ।
नेपाल शिक्षक महासङ्घ, काठमाडौं जिल्ला समितिले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
मुगुमा सुक्खा पहिरो : एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइ...
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते