KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना पक्राउ
अनलाइन माध्यमबाट बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै ‘KYC अपडेट’ गर्ने बहानामा ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।
कुमारी तिवारी
रौतहट | २६ आश्विन २०८३, सोमबार
रौतहट, असोज २६ — अनलाइन माध्यमबाट बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै ‘KYC अपडेट’ गर्ने बहानामा ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार असोज २३ गते गौर नगरपालिका–३ पोखरिया टोल र वडा नं. ५ को कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाका २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने, मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटीपीसहितका बैंकिङ विवरण प्राप्त गरी खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गर्ने गरेको खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१०, भारतीय रुपैयाँ ३ हजार २३६, मोबाइल फोन ७ थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटीएम कार्ड ३ थान र चेक २ थानसहित विभिन्न बैंकिङ कागजात बरामद गरेको जनाएको छ। बरामद चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेकसमेत रहेका छन्।
हालसम्म KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
सावधानी: KYC अपडेटका नाममा अपरिचित व्यक्तिले मागेको ओटीपी, पासवर्ड वा बैंकिङ विवरण नदिनुहोस् र मोबाइलको स्क्रिन सेयर नगर्नुहोस्।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२५ आश्विन २०८३, आईतवार
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस...