अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मथुरास्थित सन्धिखर्क तम्घास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय सहचालक गणेश रास्कोटी मगरको मृत्यु भएको छ भने चालक पुण्यप्रसाद थारु घाइते भएका छन्।
कुमारी तिवारी
अर्घाखाँचीको छत्रदेव | २५ आश्विन २०८३, आईतवार
अर्घाखाँची — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मथुरास्थित सन्धिखर्क–तम्घास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
बल्कोटबाट सन्धिखर्कतर्फ रोलर लोड गरेर जाँदै गरेको लु.४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको थियो।
दुर्घटनामा ट्याक्टरले च्यापिएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमडीका करिब २२ वर्षीय सहचालक गणेश रास्कोटी मगर गम्भीर घाइते भएका थिए। जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्याइएका उनलाई चिकित्सकले दिउँसो १२:१० बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ निवासी २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन्। उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको छ।
मोटरसाइकल चालक छत्रदेव गाउँपालिका–४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन्। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रारम्भिक विवरणअनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको उल्लेख छ। घटनास्थलमा खटिएको प्रहरीले उद्धार तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
PMS News Nepal
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
मुगुमा सुक्खा पहिरो : एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइ...
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते