logo of PMS News Nepal

PMS News Nepal

६ कार्तिक २०८३, बिहीबार

22 Oct 2026, Thursday

विविध

तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सिमेन्ट बोकेको ट्रक पृथ्वी राजमार्गबाट करिब २० मिटर तल खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

फाइल तस्बिर

कुमारी तिवारी

तनहुँ | २६ आश्विन २०८३, सोमबार

तनहुँ, असोज २६ —तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

सोमबार दिउँसो करिब १२ बजे डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक पृथ्वी राजमार्गबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका–६ का ३० वर्षीय चालक सञ्जीव मगर र २२ वर्षीय सहचालक प्रदीप विक घाइते भएका थिए। उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्‍याइएका चालक मगरलाई चिकित्सकले दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते सहचालक विकको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाका कारण पृथ्वी राजमार्गको यातायात आवागमन अवरुद्ध नभएको र दुर्घटनाग्रस्त ट्रक हटाउने प्रयास भइरहेको जनाइएको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्राप्त विवरण 

PMS News Nepal
सत्य र विकासको सम्बाहक

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।