मुगुमा सुक्खा पहिरो : एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
मुगुको खत्याड गाउँपालिका–११ स्थित बिराखोलामा सोमबार बिहान सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा २४ वर्षीय चालक विमल बाग एक्स्काभेटरसहित पुरिएका छन्।
कुमारी तिवारी
मुगु खत्याड | २६ आश्विन २०८३, सोमबार
मुगु, असोज २६ — मुगुको खत्याड गाउँपालिका–११ स्थित बिराखोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्। पुरिएका चालकको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ।
सोमबार बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज पुलसँग सडक जोड्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र बझाङ घर भएका २४ वर्षीय चालक विमल बाग पुरिएका छन्।
दुर्घटनामा एक्स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल घाइते भएका छन्। प्रहरीका अनुसार एक्स्काभेटरबाहिर बसेर माथिबाट ढुंगा खस्ने जोखिम हेरिरहेका मल्ललाई ढुंगाले लाग्दा हात र खुट्टामा चोट लागेको हो। उनको अवस्था सामान्य रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
चालक बागको उद्धारका लागि इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको नेतृत्वमा ६ जना तथा प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको नेतृत्वमा सात जना गरी १३ जना प्रहरी घटनास्थलमा खटिएका छन्।
प्रहरी टोलीले पहिरो पन्छाउँदै एक्स्काभेटरसहित पुरिएका चालकको उद्धार प्रयास जारी राखेको छ। चालकको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
PMS News Nepal
सत्य र विकासको सम्बाहक
थप समाचार
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
नवलपरासी पश्चिममा बस दुर्घटना : चालक र सहचालकसहित ७ जना घाइत...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
२३ आश्विन २०८३, शुक्रबार
धादिङमा ग्यास बुलेट दुर्घटना, पृथ्वी राजमार्गमा पूर्ण रूपमा...
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...