पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द
त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–५ स्थित गलौंदी खण्डमा थप मर्मत गरिने भएको छ। मर्मतका लागि सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।
कुमारी तिवारी
धादिङ | २६ आश्विन २०८३, सोमबार
धादिङ, असोज २६ —त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदी सडकखण्डमा थप मर्मत गरिने भएको छ। मर्मत कार्यका लागि सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडकको क्षतिग्रस्त भागमा थप मर्मतसम्भार आवश्यक रहेकाले रातिको समयमा यातायात रोक्ने निर्णय गरिएको हो। यात्रुलाई कम असर पर्ने गरी मर्मत कार्य अघि बढाउन यस्तो व्यवस्था गरिएको जनाइएको छ।
यसअघि त्रिशूली नदीको कटानका कारण गलौंदी क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडकको भित्तातर्फको भाग काटेर नयाँ ट्र्याक निर्माण तथा मर्मत गरेपछि आइतबारदेखि उक्त खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो।
सडक विभागअन्तर्गतको नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाले सडकलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न मर्मत कार्य अघि बढाएको हो।
निर्धारित समयमा उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई समय मिलाएर यात्रा गर्न र सम्बन्धित निकायबाट जारी हुने पछिल्लो सूचनाको जानकारी लिन आग्रह गरिन्छ।
स्रोत: जिल्ला प्रशासन कार्यालय, धादिङ
PMS News Nepal
सत्य र विकासको सम्बाहक
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२५ आश्विन २०८३, आईतवार
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस...