logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८३, शनिबार

24 Oct 2026, Saturday

विविध

गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ नदी नजिक पहिरोका कारण फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

फाइल तस्बिर

कुमारी तिवारी

गोरखा , चुमनुब्री | २६ आश्विन २०८३, सोमबार

गोरखा, असोज २७ —गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ नदी नजिक पहिरोका कारण फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट आइतबार साँझ उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षित रूपमा फिलिम पुर्‍याइएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिएका छन्।

सापकोटाका अनुसार आइतबार बिहान उङ्गिलुङ क्षेत्रमा अचानक पहिरो खसेपछि धौलीभीर नजिक रहेको गोठमा पुगेका तीन जना फसेका थिए। जोखिमपूर्ण अवस्थाका कारण उनीहरूलाई स्थलमार्गबाट निकाल्न कठिन भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बुढीगण्डकी नदीमा आएको बाढी र पहिरोले उत्तरी गोरखाका बस्ती, पूर्वाधार तथा आवतजावतमा थप जोखिम सिर्जना गरेको छ। क्षतिग्रस्त संरचनाका कारण केही समुदाय सम्पर्कविच्छेद भएको र पाँच जना बेपत्ता रहेको विवरणसमेत प्राप्त भएको छ।

लगातारका पहिरो र बाढीका घटनाले हिमाली नदी आसपासका बस्ती, पुल, जलविद्युत् आयोजना तथा पदमार्गको सुरक्षाबारे चिन्ता बढाएको छ। जोखिमपूर्ण क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

PMS News Nepal
सत्य र विकासको सम्बाहक

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।