logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८३, शनिबार

24 Oct 2026, Saturday

विविध

इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ

इलाममा अवैध रूपमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

फाइल तस्बिर

कुमारी तिवारी

इलाम | २६ आश्विन २०८३, सोमबार

इलाम, असोज २६ — इलाममा अवैध रूपमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङ निवासी ६० वर्षीय पूर्णबहादुर देवानको घरमा भरुवा बन्दुक लुकाएर राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।

प्रहरी चौकी नामसालिङबाट खटिएको प्रहरी टोलीले देवानको घरबाट एक थान अवैध भरुवा बन्दुक फेला पारेपछि उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका देवानलाई असोज २५ गते जिल्ला अदालत इलाममा उपस्थित गराई म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।

PMS News Nepal
सत्य र विकासको सम्बाहक

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।