त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
धादिङको गजुरी गाउँपालिका–५, गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ
कुमारी तिवारी
धादिङ गजुरी गाउँपालिका–५ | २५ आश्विन २०८३, आईतवार
धादिङ, असोज २५ — धादिङको गजुरी गाउँपालिका–५, गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो ३:१० बजेदेखि सडकमा दुवैतर्फ सवारीसाधन सञ्चालन हुन थालेका हुन्।
यसअघि असोज २३ गते साँझ त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि राजमार्गको काठमाडौं जानेतर्फको सडकखण्ड भासिएको थियो। सडकमा चिरा देखिनुका साथै थप क्षति र पहिरोको जोखिम बढेपछि प्रहरीले सवारी आवागमन रोकेको थियो।
सडक विभागले पहाडतर्फको भाग काटेर सडक फराकिलो बनाउने तथा वैकल्पिक ट्र्याक निर्माण गर्ने काम अघि बढाएको थियो। मर्मत कार्यपछि सडकमा सवारी आवागमन क्रमशः सञ्चालनमा ल्याइएको हो।
पृथ्वी राजमार्ग काठमाडौंलाई धादिङ, चितवन, पोखरा तथा देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्ग हो। यस खण्डमा सडक अवरुद्ध हुँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुने गरेका छन्।
सडक सञ्चालनमा आए पनि नदी कटान तथा सडक भासिने जोखिमलाई ध्यानमा राख्दै यात्रु र सवारीचालकलाई सावधानी अपनाउन आग्रह गरिन्छ।
PMS News Nepal
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते