logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८३, शनिबार

24 Oct 2026, Saturday

विविध

धादिङमा ग्यास बुलेट दुर्घटना, पृथ्वी राजमार्गमा पूर्ण रूपमा यातायात ठप्प

चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङको गल्छी गाउँपालिका-७ मच्छेडी खोलामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि पृथ्वी राजमार्गमा दुवैतर्फको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ।

फाइल तस्बिर

बिनिता परियार

काठमाडौं | २३ आश्विन २०८३, शुक्रबार

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको एचआर ३८एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट धादिङको गल्छी गाउँपालिका-७ मच्छेडी खोलामा दुर्घटनामा परेको छ। दुर्घटनामा परि बुलेटका चालक घाइते भएको र उनको उपचार भइरहेको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिएका छन्।

ग्यास बुलेट सडकमै पल्टिएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मुग्लिन-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। राजमार्गमा दुवैतर्फ सवारी साधनहरूको लामो लाइन लागेको छ। प्रहरीले दुर्घटनाग्रस्त बुलेटलाई हटाएर यातायात सुचारु गराउने प्रयास गरिरहेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।