logo of PMS News Nepal

PMS News Nepal

७ कार्तिक २०८३, शुक्रबार

23 Oct 2026, Friday

विविध

बाढी पहिरोले क्षति पुगेको म्याग्दी-मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत सुरु

झरीपछिको बाढी पहिरोले क्षति पुगेको म्याग्दी–मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ। बेनी–जोमसोम कोरला सडक योजनाले काम सुरु गरी जोमसोमदेखि नागढुङ्गासम्मको खण्ड मर्मत गरिसकेको आयोजना प्रमुख तेजश्वी शर्माले जानकारी दिए।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १५ आश्विन २०८३, बिहीबार

पछिल्लो झरीपछिको बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडकको ४६ ठाउँमा मर्मत थालिएको छ। जोमसोम र बेनी दुवैतर्फबाट उपकरण परिचालन गरी मालढुङ्गा–गलेश्वर र जोमसोम–नागढुङ्गा खण्ड खुलाएर यातायात चालु गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

सडक अवरुद्ध हुँदा चीनसँगको कोरला नाका र म्याग्दी–मुस्ताङका विभिन्न पालिकामा यातायात सम्पर्क टुटेको छ। जसले गर्दा सयौँ कन्टेनर रोकिएका छन् भने दसैँका लागि स्याउ, आलु र भेडाच्याङ्ग्रा बजार लैजान तथा पर्यटकीय गतिविधिमा बाधा पुगेको छ। गम्भीर बिरामी र राहतका लागि हेलिकप्टर प्रयोग गर्नुपरेको छ। तिल्केनीचौरमा कटानका कारण विद्युत् टावर हटाएर सडक खुलाउने प्रयास जारी छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।