logo of PMS News Nepal

PMS News Nepal

६ कार्तिक २०८३, बिहीबार

22 Oct 2026, Thursday

खेलकुद

एसियाली खेलकुदमा नेपालले अफगानिस्तानविरुद्ध टस हार्‍यो, पहिलो खेलमा आज ब्याटिङ गर्दैछ।

जापानमा जारी २०औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले पहिलो खेल अफगानिस्तानविरुद्ध खेल्दैछ। टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा पौने ११ बजे आज सुरु हुनेछ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | ९ आश्विन २०८३, शुक्रबार

९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ। आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ। बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरिसकेको छ। समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्। क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि भएको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो। अफगानिस्तानविरुद्ध नेपालको प्लेइङ–११ मा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी रहेका छन्।

 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।