एसियन गेम्स टेबलटेनिस मिक्स्ड डबल्समा रुविन र इभाना दोस्रो चरणमा प्रवेश
६ असोज, काठमाडौं । एसियन गेम्सको टेबलटेनिस मिक्स्ड डबल्समा नेपालका रुविन महर्जन र इभाना थापा दोस्रो चरणमा पुगेका छन् । उनीहरूले पहिलो चरणमा पाकिस्तानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे ।
सपना न्यौपाने
काठमाडौँ | ६ आश्विन २०८३, मंगलवार
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेबलटेनिस मिक्स्ड डबल्समा नेपालका रुविन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गरेका छन् । जापानको स्काई हल टोयोटामा मंगलबार भएको पहिलो चरणमा उनीहरूले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे । नेपालले पहिलो सेट ११–६, दोस्रो ११–८ र तेस्रो ११–४ ले जितेको हो । दोस्रो चरणमा रुविन–इभाना जोडीले हङकङका क्वान तो याउ र विङ लाम ङसँग प्रतिस्पर्धा गर्नेछ । यता, नविता श्रेष्ठ र सन्योग कपालीको जोडी भने मंगोलियाका बिल्गुन अन्खबयार र अन्खमा सेर–ओदसँग ३–१ ले पराजित भयो । पहिलो सेट ११–२ ले जिते पनि त्यसपछि लगातार तीन सेट गुमाउँदै नविता–सन्योग पहिलो चरणबाटै बाहिरिए ।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२५ आश्विन २०८३, आईतवार
वाणगंगा वडा नं. ३ बन्यो चौथो बुद्धभूमि डाबरा कप २०८३ को विजे...
२३ आश्विन २०८३, शुक्रबार
सहभागितामै सीमित नेपाली खेलाडी: २०औं एसियन गेम्समा कमजोर प्र...
२२ आश्विन २०८३, बिहीबार
दसवटा पदकको लक्ष्य राखेको नेपाल २०औँ एसियाली खेलकुदमा दुई का...
२१ आश्विन २०८३, बुधबार
लिओनल मेसीले भावुक गोल गर्दै अर्जेन्टिनाबाट आफ्नो अन्तिम खेल...
२० आश्विन २०८३, मंगलवार
आईएमई वारियरविरुद्ध ५–१ को फराकिलो जित निकाल्दै स्वीफ्ट टेक्...
९ आश्विन २०८३, शुक्रबार
एसियाली खेलकुदमा नेपालले अफगानिस्तानविरुद्ध टस हार्यो, पहिल...