logo of PMS News Nepal

PMS News Nepal

६ कार्तिक २०८३, बिहीबार

22 Oct 2026, Thursday

खेलकुद

वाणगंगा वडा नं. ३ बन्यो चौथो बुद्धभूमि डाबरा कप २०८३ को विजेता

_

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | २५ आश्विन २०८३, आईतवार

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४, डाबरामा सञ्चालित चौथो बुद्धभूमि डाबरा कप फुटबल प्रतियोगिता २०८३ को उपाधि वाणगंगा नगरपालिका वडा नं. ३ ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा लव नेपाल पिपरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वाणगंगा वडा नं. ३ च्याम्पियन बनेको हो।

निर्धारित खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा वाणगंगा वडा नं. ३ ले ६ गोल गर्दा लव नेपाल पिपराले ५ गोल मात्रै गर्न सक्यो। यससँगै वाणगंगा वडा नं. ३ ले प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्न सफल भयो भने लव नेपाल पिपरा उपविजेतामा सीमित भयो।

डाबरा युवा क्लबको आयोजनामा तथा ग्लोबल डेरी प्रा.लि., इमिलियाको प्रमुख प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय क्षेत्रको खेलकुद विकास, युवाहरूको प्रतिभा प्रदर्शन तथा फुटबलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतियोगितामा विजेता वाणगंगा वडा नं. ३ र उपविजेता लव नेपाल पिपराले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको ध्यान आकर्षित गरेका थिए। फाइनल खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

आयोजक डाबरा युवा क्लबले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रमुख प्रायोजक, सहयोगी संस्था, खेलाडी, रेफ्री, सुरक्षाकर्मी, दर्शक तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

चौथो बुद्धभूमि डाबरा कपको सफल समापनसँगै आयोजकले आगामी दिनमा पनि स्थानीय खेलकुदको विकास र फुटबल प्रतियोगितालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।