logo of PMS News Nepal

PMS News Nepal

५ आश्विन २०८३, सोमबार

21 Sep 2026, Monday

विविध

सन्धिखर्कमा ११ वर्षीया नाबालिकालाई करणी गर्ने युवक पक्राउ

अर्घाखाँची

फाइल तस्बिर

भक्तिराम घिमिरे

अर्घाखाँची | ९ आश्विन २०८०, मंगलवार

अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्कमा ११ वर्षीया नाबालिकालाई करणी गर्ने मालारानी गाउँपालिका वडा नम्बर ९ स्थायी ठेगाना भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।गगां आधारभुत विद्यालय नजिकै रहेको झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो।

युवकलाई पक्राउ गरी आज मंगलबार करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए । जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।