logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

राजनिति

ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचिमा

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ७ माघ २०८२, मंगलवार

पाल्पा जिल्लाको स्थायी ठेगाना भएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता जनक न्यौपाने राष्ट्रिय राजनीतिमा उदाउँदै गरेका पात्रका रूपमा देखिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचिमा परेपछि पाल्पा र कपिलवस्तु दुवै जिल्लामा खुसीयाली छाएको छ।

व्यवसायिक क्षेत्रमा उनले स्थापना तथा नेतृत्व गरिरहेको ग्लोबल डेरी प्रा. लि. ले हाल कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा शाखा विस्तार गरिसकेको छ। डेरी उद्योगमार्फत करिब २० हजार किसानसँग प्रत्यक्ष जोडिएर काम गरिरहेका न्यौपानेले ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका छन्। किसानमुखी सोच र दीर्घकालीन योजनाका कारण उनी धेरै किसानका लागि अभिभावकसरह बनेका छन्।

स्थानीय तहमा सामाजिक काममा सदैव सक्रिय रहँदै आएका न्यौपानेले संगठन विस्तारमा पनि महत्वपूर्ण भूमिका खेलेको रास्वपाका स्थानीय नेताहरू बताउँछन्। विशेषगरी पाल्पा जिल्लाबाट समानुपातिक सूचिमा पर्नुले पार्टी संगठनलाई थप बलियो बनाएको उनीहरूको भनाइ छ।

 व्यवसाय र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएका न्यौपानेको प्रभाव कपिलवस्तु लगायतका जिल्लामा पनि देखिएको छ। डेरी उद्योग र औद्योगिक विकासमार्फत ग्रामीण अर्थतन्त्र मजबुत बनाउन उनले खेलेको भूमिकालाई स्थानीयहरूले सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।