logo of PMS News Nepal

PMS News Nepal

११ श्रावण २०८३, सोमबार

27 Jul 2026, Monday

स्वास्थ्य

५५ आधारभूत अस्पताल सञ्चालनको तयारीमा सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीन तहका सरकारहरू मिलेर ५५ आधारभूत अस्पताल सञ्चालनको तयारी भइरहेको बताएका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | ३१ श्रावण २०८२, शुक्रबार

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीन तहका सरकारहरू मिलेर ५५ आधारभूत अस्पताल सञ्चालनको तयारी भइरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा उनले स्थानीय तहलाई हस्तान्तरण गरिएका अस्पताल सञ्चालनका कार्यक्रम अघि बढाइएको र आवश्यक चिकित्सक तथा उपकरण पठाउने तयारी भइरहेको जानकारी दिए। केही अस्पतालमा प्रक्रियागत समस्या रहेकाले ढिलाइ भएको उल्लेख गर्दै उनले बाँकेको सोनारी नरैनापुर-४ मा बनेको अस्पताल चाँडै सञ्चालनमा आउने बताए।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।