logo of PMS News Nepal

PMS News Nepal

४ बैशाख २०८३, शुक्रबार

17 Apr 2026, Friday

स्वास्थ्य

हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु

हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लाङ नजिक बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

हुम्ला, नेपाल | २४ आश्विन २०८२, शुक्रबार

हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लाङ नजिक बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मेल्छाम नगरपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जीप दुर्घटनामा परेका हुन्। मृतकमध्ये बसन्ती बुडा, उनकी छोरी र मनबीर बुडा रहेका छन्। अन्य छ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको पिप्लाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले जनाएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।