बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने अल्टिमेटम
-
भक्तिराम घिमिरे
कपिलवस्तु | ३१ बैशाख २०८३, बिहीबार
बुद्धभूमि नगरपालिका द्वारा प्रशासकीय अधिकृत विजय भुसाल को संयोजकत्वमा बुद्धभूमि नगरपालिका वडा नम्बर ९ का बजारहरुमा बजार अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अनुगमनमा ३३ वटा विभिन्न पसलहरूको निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको नगरपालिकाले जनाएको छ। त्यसपछि दर्ता तथा नवीकरण नभएका व्यवसायीहरूलाई १५ दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न आग्रह गर्दै लिखित पत्राचार समेत गरिएको छ।
त्यसैगरी निरीक्षणका क्रममा केही पसलहरूमा म्याद गुज्रेका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि ती सामग्री सम्बन्धित पसल अगाडि नै नष्ट गरिएको थियो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका वस्तु बिक्री वितरण नगर्न नगरपालिकाले व्यवसायीहरूलाई सचेत गराएको छ।
अनुगमन टोलीमा जनप्रतिनिधि, उद्योग वाणिज्य संघ का प्रतिनिधि, नेपाल प्रहरी तथा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। टोलीले व्यवसायीहरूलाई कानुनअनुसार पसल दर्ता तथा नवीकरण गर्न, म्याद गुज्रेका वस्तु बिक्री नगर्न तथा उपभोक्ता हितलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको जनाएको छ।
नगरपालिकाले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन आगामी दिनमा समेत नियमित अनुगमनलाई निरन्तरता दिइने सहायक प्रशासकीय अधिकृत केशव बेल्बासेले बताउनुभयो ।
थप समाचार
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२६ कार्तिक २०८२, मंगलवार
स्वास्थ्य मन्त्री गौतमले स्वास्थ्य बीमा समस्याको समाधानको प्...
२७ आश्विन २०८२, सोमबार
मन्सुनपछि पनि डेंगुको उच्च जोखिम, विशेषज्ञको चेतावनी
२४ आश्विन २०८२, शुक्रबार
हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु
२ आश्विन २०८२, बिहीबार
कोशी प्रादेशिक अस्पतालमा निःशुल्क ओपीडी सेवा सुरु
१३ भाद्र २०८२, शुक्रबार
वीरगञ्जमा हैजा नियन्त्रणका लागि सुरक्षा निकायका चिकित्सक परि...