भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ असोज, काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले विभिन्न जिल्लाबाट शव संकलन गरेको जनाएको छ ।
सपना न्यौपाने
काठमाडौँ | ४ आश्विन २०८३, आईतवार
४ असोज, काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बिहान ११ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा शव फेला परेका हुन् । तीमध्ये एक हजार २९२ शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी तीन हजार २८३ वटा डिएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ । पहिचान नभएका एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।
थप समाचार
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
३१ भाद्र २०८३, बुधबार
सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, २७ वर्ष...
३० भाद्र २०८३, मंगलवार
बैतडीमा पहिरोले एक घर पूर्णरूपमा पुरियो, थप क्षतिको विवरण सं...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
४ आश्विन २०८३, आईतवार
धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...
१ आश्विन २०८३, बिहीबार
लम्कीचुहामा गाईमाथि खुँडा प्रहार गरेको आरोपमा प्रहरीद्वारा द...