लम्कीचुहामा गाईमाथि खुँडा प्रहार गरेको आरोपमा प्रहरीद्वारा दुई जना पक्राउ
कैलालीको लम्कीचुहामा गाईमाथि खुँडा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले १८ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध गाईगोरु मार्न नहुने कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
बिनिता परियार
लम्कीचुहा | १ आश्विन २०८३, बिहीबार
कैलालीको लम्कीचुहा नगरपालिका–१ मा गाईमाथि खुँडा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले १८ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ। तीन दिनअघि पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीस्थित विद्युत् कार्यालय नजिकै गम्भीर घाइते अवस्थामा गाई फेला परेको थियो।
रातिको समयमा ६–७ जनाको समूहले गाईमाथि आक्रमण गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएपछि इलाका प्रहरी कार्यालय लम्कीले सोही आधारमा दुई जनालाई नियन्त्रणमा लिएको हो। कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार पक्राउ परेका दुवै किशोरविरुद्ध गाईगोरु मार्न नहुने कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनामा संलग्न समूहका अन्य व्यक्तिहरूको तीव्रताका साथ खोजी भइरहेको जनाएको छ।
थप समाचार
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
४ आश्विन २०८३, आईतवार
धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...