logo of PMS News Nepal

PMS News Nepal

४ आश्विन २०८३, आईतवार

20 Sep 2026, Sunday

विविध

अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खाल भत्कियो

अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको कम्पाउण्ड वाल भत्किएको छ। गएराति वर्षाका कारण अस्पतालको करिब २० मिटर अग्लो र २० मिटर लामो पर्खाल भत्किएको हो। घटनाबाट अस्पताल परिसर प्रभावित भएको छ।

फाइल तस्बिर

बिनिता परियार

संखुवा | २ आश्विन २०८३, शुक्रबार

असोज, संखुवासभा । अविरल वर्षापछि जिल्ला अस्पताल संखुवासभाको कम्पाउण्ड वाल भत्किएको छ । वर्षाका कारण गएराति अस्पतालको करिब २० मिटर अग्लो र २० मिटर लामो पर्खाल भत्किएको हो । वर्षा भइरहेकाले पर्खालको संरचना समेत भत्किन सक्ने र थप क्षति हुनसक्ने स्थानीयले बताएका छन् । कम्पाउण्ड वाल कमजोर हुँदै गएको र जुनसुकै भत्किन सक्ने अवस्थाबारे अस्पताल प्रशासनलाई खबर गराइएको गुरुङले बताए । समयमै सावधानी र मर्मतसम्भार नगरिँदा पर्खाल भत्किएर घरहरू जोखिममा परेको स्थानीयको भनाइ छ । पहिरोले अस्पताल परिसरमा रहेको खाँदबारी खानेपानीको ट्याङ्की जोखिममा परेको छ । पहिरोका कारण खानेपानीको वितरण लाइन र ढोलवाजे क्षेत्रमा अवरुद्ध भएको खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष दिब्यराज बरालले बताए ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।