logo of PMS News Nepal

PMS News Nepal

४ आश्विन २०८३, आईतवार

20 Sep 2026, Sunday

विविध

सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालियो

सुनसरीको देवानगन्ज–१ मध्यहर्षाहीमा ८–९ जनाको समूहको विवादमा गोली प्रहारबाट घाइते २४ वर्षीय निरजकुमार यादवको नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको प्रहरीले जनाएको छ।

फाइल तस्बिर

बिनिता परियार

सुनसरी | ४ आश्विन २०८३, आईतवार

सुनसरीको देवानगन्ज–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा ८–९ जनाको समूहले चलाएको गोलीबाट घाइते २४ वर्षीय निरजकुमार यादवको नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरी कम्मरमुनिको भागबाट गोली निकालिएको छ। प्रहरीका अनुसार निकालिएको गोली कटुवा पेस्तोलको जस्तो देखिन्छ। घटनामा संलग्न आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवमाथि अनुसन्धान भइरहेको छ। हरिनगर बजारबाट फर्किने क्रममा पुरानो रिसिइबी र युवतीको विषयलाई लिएर निरजमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार फरार अन्य अभियुक्तहरूको खोजी जारी छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।