बैतडीमा पहिरोले एक घर पूर्णरूपमा पुरियो, थप क्षतिको विवरण संकलन जारी
बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले गणेशदत्त जोशीको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सोमबार राति घरमाथिबाट पहिरो खसे पनि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति भएन। परिवार आफन्तको घरमा बसेको छ।
सपना न्यौपाने
काठमाडौँ | ३० भाद्र २०८३, मंगलवार
३० भदौ, काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले गणेशदत्त जोशीको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति हुन पाएन। घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि जोशी परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ।
पहिरोले गोठमा पुरिएका १० वटा बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको छ। पहिरोका कारण गाउँ नै उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। स्थानीय १० परिवारका घरसमेत जोखिममा रहेकाले प्रहरीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
थप समाचार
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
३१ भाद्र २०८३, बुधबार
सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, २७ वर्ष...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
४ आश्विन २०८३, आईतवार
धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...