सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, २७ वर्षीय सन्दीपविरुद्ध मुद्दा
३१ भदौ, काठमाडौं । पश्चिमी सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा मुद्दा दायर गरिएको छ । अधिकारी पक्राउ परेका छन् ।
सपना न्यौपाने
काठमाडौँ | ३१ भाद्र २०८३, बुधबार
३१ भदौ, काठमाडौं । पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ परेका अधिकारी घटनाको २४ घण्टाभन्दा कम समयपछि बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए । उनले आरोप स्वीकार वा अस्वीकारबारे अदालतमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गर्दा अधिकारीले कागजको पानाले अनुहार छोप्ने प्रयास गरेका थिए । उनीसँग केही समर्थकसमेत देखिएका थिए । अधिकारीका वकिल ड्यानी इडले घटनालाई अत्यन्तै दुःखद बताएका छन् । उनका अनुसार अधिकारी निकै तनावमा छन् र पीडित परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन् ।
थप समाचार
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
३० भाद्र २०८३, मंगलवार
बैतडीमा पहिरोले एक घर पूर्णरूपमा पुरियो, थप क्षतिको विवरण सं...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
४ आश्विन २०८३, आईतवार
धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...