logo of PMS News Nepal

PMS News Nepal

४ आश्विन २०८३, आईतवार

20 Sep 2026, Sunday

विविध

१८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फी खुल्ने, कृष्णभिरमा नयाँ ट्र्याक तयार

धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोलिएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ। १४ भदौमा त्रिशूलीमा आएको बाढीले सडक कटान गरेपछि राजमार्ग अवरुद्ध बनेको थियो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १ आश्विन २०८३, बिहीबार

३१ भदौ, काठमाडौं । धादिङको कृष्णभिरमा नयाँ ट्र्याक निर्माण पूरा भएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गमा बुधबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरको सडक कटान गरेपछि राजमार्ग अवरुद्ध भएको थियो। २८ भदौमा केही हेभी सवारीसाधन गुडाएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। त्यसपछि बाँकी काम पूरा गरी राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार सम्बन्धित निकायको निरन्तर प्रयासपछि नयाँ ट्र्याक तयार भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि सवारीसाधन सञ्चालनमा आएका छन्। राजमार्गका विभिन्न स्थानमा सडक भासिने, पहिरो तथा ढुंगा-माटो खस्ने जोखिम रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। राजमार्ग खुलेपछि काठमाडौं आउजाउ सहज हुने भएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।