मलेसिया जाने श्रमिकका लागि २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्काल रोकियो
सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति रोक्का गरेको छ। एफडब्लूसीएमएसमा मुख्य श्रमिक भर्ना संस्थासँग आबद्ध वा सहयोगी रहेका संस्थाको संलग्नता स्पष्ट गर्न प्रक्रिया रोकिएको हो।
सपना न्यौपाने
काठमाडौँ | २८ भाद्र २०८३, आईतवार
२८ भदौ, काठमाडौं। सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावर कम्पनीको नयाँ पूर्वस्वीकृति तत्काल रोक्का गरेको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)मा मुख्य श्रमिक भर्ना संस्थासँग आबद्ध वा सहयोगी रहेका संस्थाको पूर्वस्वीकृति रोकिएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार एफडब्लूसीएमएसमा मुख्य संस्थाका रूपमा सूचीकृत २५ संस्थाको कारोबार, छनोटको आधार, विगतको संलग्नता र अन्य संस्थालाई आबद्ध गराउने प्रक्रियाबारे छानबिन भइरहेको छ । साथै २५० संस्थासँग आबद्धताको आधार र सम्बन्धबारे स्पष्टीकरण मागिँदैछ । छानबिन पूरा नहुँदासम्म नयाँ पूर्वस्वीकृति दिइने छैन । तर श्रम स्वीकृति पाइसकेका श्रमिकको मलेसिया जाने प्रक्रिया भने प्रभावित हुने छैन । विभागले समूहगत नियन्त्रण, एकाधिकार वा प्रतिस्पर्धा सीमित गर्ने गतिविधि पुष्टि भए कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।
थप समाचार
२ आश्विन २०८३, शुक्रबार
कोशीका स्टार्टअप उद्यमी छनोट भए, तर बिउ पूँजी पाउन सकेनन्
१ आश्विन २०८३, बिहीबार
१८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फी खुल्ने, कृष्णभिरमा नयाँ ट...
२६ भाद्र २०८३, शुक्रबार
पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढ...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
४ आश्विन २०८३, आईतवार
धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...