अर्घाखाँचीमा चट्याङ लाग्दा एकको मृत्यु : चार घाइते
हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो ।
भक्तिराम घिमिरे
अर्घाखाँची | १८ भाद्र २०८०, सोमबार
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली बजार गई फर्किने क्रममा हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम रिजालका अनुसार सेपानेका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादुर पुन र लीलबहादुर पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विकको नेतृत्वमा चार जना प्रहरी खटाइएको छ । सो स्थानमा सोमबार दिउँसो करिब ३ बजे हावाहुरीसहित चट्याङ परेको थियो ।
थप समाचार
२ आश्विन २०८३, शुक्रबार
कोशीका स्टार्टअप उद्यमी छनोट भए, तर बिउ पूँजी पाउन सकेनन्
१ आश्विन २०८३, बिहीबार
१८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फी खुल्ने, कृष्णभिरमा नयाँ ट...
२८ भाद्र २०८३, आईतवार
मलेसिया जाने श्रमिकका लागि २५० म्यानपावरको नयाँ पूर्वस्वीकृत...
२६ भाद्र २०८३, शुक्रबार
पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढ...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
४ आश्विन २०८३, आईतवार
धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...