अर्घाखाँचीमा चट्याङ लाग्दा एकको मृत्यु : चार घाइते
हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो ।
भक्तिराम घिमिरे
अर्घाखाँची | १८ भाद्र २०८०, सोमबार
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली बजार गई फर्किने क्रममा हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम रिजालका अनुसार सेपानेका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादुर पुन र लीलबहादुर पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विकको नेतृत्वमा चार जना प्रहरी खटाइएको छ । सो स्थानमा सोमबार दिउँसो करिब ३ बजे हावाहुरीसहित चट्याङ परेको थियो ।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते