logo of PMS News Nepal

PMS News Nepal

३१ असार २०८२, मंगलवार

15 Jul 2025, Tuesday

खेलकुद

बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १५ आश्विन २०८१, मंगलवार

बंगलादेश स्कुल खेलकुद संघ द्वारा ढाकामा आयोजनामा हुने साउथ एसियन स्कुल कम्बट गेम्सका लागि कपिलवस्तुबाट उसु खेलाडी बिराज सुनार बंगलादेश प्रस्थान गरेका छन्  ।

 अक्टोबर  २  देखि ४ सम्म ढाकामा हुने प्रतियोगितामा नेपालबाट ९ खेलाडीले  प्रतिस्पर्धा गर्नेछन् ।

 अर्घाखाँचीको खिदिममा माता माया सुनार र पिता बाबुराम सुनारको कोखबाट २०६५ मङ्सिर २५ मा जन्मिएका बिराज सानै उमेरदेखि उसु खेलमा रुचि राख्दै आएको परिवार श्रोतको भनाई छ ।

 कपिलवस्तुको बुद्धभुमि नगरपालिका ९ इमिलियामा रहेको श्री मावि मा कक्षा १० मा अध्ययनरत विराजले सानै उमेरमा गरेको प्रगती देखेर विद्यालयका प्रधानाध्यापक दिनेश खनालले खुसि व्यक्त गर्नुभयो ।

 बिराजलाई विमानस्थलमा बिदाई गर्दै उसु प्रशिक्षक दत्त प्रसाद पाण्डेले आफुले उत्पादन गरेको खेलाडी अन्तरराष्ट्रिय खेलमा समावेश हुँदा आफुलाई खुसी लागेको बताउनुभयो ।

 यस प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी  दिनहरुमा अन्य मुलुकहरुमा समेत सहभागी हुने नेपाल उसु संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद भट्टराइले बताउनुभयो  ।

 सहभागी हुने ९ खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले विदाई गरेको हो ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।