बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १५ आश्विन २०८१, मंगलवार
बंगलादेश स्कुल खेलकुद संघ द्वारा ढाकामा आयोजनामा हुने साउथ एसियन स्कुल कम्बट गेम्सका लागि कपिलवस्तुबाट उसु खेलाडी बिराज सुनार बंगलादेश प्रस्थान गरेका छन् ।
अक्टोबर २ देखि ४ सम्म ढाकामा हुने प्रतियोगितामा नेपालबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
अर्घाखाँचीको खिदिममा माता माया सुनार र पिता बाबुराम सुनारको कोखबाट २०६५ मङ्सिर २५ मा जन्मिएका बिराज सानै उमेरदेखि उसु खेलमा रुचि राख्दै आएको परिवार श्रोतको भनाई छ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका ९ इमिलियामा रहेको श्री मावि मा कक्षा १० मा अध्ययनरत विराजले सानै उमेरमा गरेको प्रगती देखेर विद्यालयका प्रधानाध्यापक दिनेश खनालले खुसि व्यक्त गर्नुभयो ।
बिराजलाई विमानस्थलमा बिदाई गर्दै उसु प्रशिक्षक दत्त प्रसाद पाण्डेले आफुले उत्पादन गरेको खेलाडी अन्तरराष्ट्रिय खेलमा समावेश हुँदा आफुलाई खुसी लागेको बताउनुभयो ।
यस प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी दिनहरुमा अन्य मुलुकहरुमा समेत सहभागी हुने नेपाल उसु संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद भट्टराइले बताउनुभयो ।
सहभागी हुने ९ खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले विदाई गरेको हो ।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२६ कार्तिक २०८२, मंगलवार
एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
२१ कार्तिक २०८२, बिहीबार
ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
१४ कार्तिक २०८२, बिहीबार
नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको