logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

जिवनशैली

कपिलवस्तु: कृष्णनगरका २६१ परिवारले लामो प्रतीक्षापछि पाए गाउँब्लक जग्गाको लालपुर्जा।

कपिलवस्तु: कृष्णनगरका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको लालपुर्जा पाएका छन्। नापी कार्यालय तौलिहवा र नगरपालिकाको संयुक्त आयोजनामा वडा नं. १, ७ र ९ का जग्गाधनीहरूलाई उक्त लालपुर्जा वितरण गरिएको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

कपिलवस्तु: कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा वडा नं. १ का ७३, वडा नं. ७ का ४९ र वडा नं. ९ का १३९ परिवारलाई उक्त पुर्जा वितरण गरिएको हो।

वर्षौंदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीहरू लालपुर्जा हात पर्दा अत्यधिक हर्षित भएका छन्। नगर प्रमुख रजतप्रताप शाहले बाँकी रहेका अन्य गाउँब्लक तथा बहाल बिटौरी जग्गाहरूको पनि क्रमिक रूपमा लालपुर्जा वितरणको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।