logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

राजनिति

मेयरको दौडमा इन्जिनियर शिव खनाल, भिजन र योजनासहित मैदानमा उत्रिने तयारी।

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ५ मंसिर २०८३, शुक्रबार

 

 इन्जिनियर शिव खनालले बुद्धभूमि नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिने तयारीमा रहेको र  आफू कुनै हतार वा लहडमा राजनीतिमा आउन लागेको नभई स्पष्ट दृष्टिकोण, ठोस योजना र बुद्धभूमिको समृद्धिको खाकासहित अघि बढ्न लागेको बताएका छन्।


उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, “म त्यत्तिकै आउन लागेको होइन, स्पष्ट भिजन, ठोस योजना र बुद्धभूमिको समृद्धिको खाका सहित आउँदै छु। ढुक्क हुनुहोस्, सोचेर आउँदै छु, तयार गरेर आउँदै छु।”

 उनले आफ्नो अभिव्यक्तिको अन्त्यमा आफूलाई ‘ई. शिव खनाल राष्ट्रप्रेमी’ भनेर उल्लेख गरेका छन्।
खनालको यो अभिव्यक्तिले उनी बुद्धभूमिको नेतृत्वका लागि योजनाबद्ध तयारीमा रहेको संकेत गरेको छ।

यसअघि पनि उनले स्पष्ट एजेन्डा र राष्ट्रवादको नारासहित चुनावी मैदानमा उत्रिने संकेत दिएका थिए।
पीएमएस न्युजसँगको कुराकानीमा उनले बुद्धभूमि नगरपालिकाको मेयर पदमै आफ्नो दाबी रहने बताए। यद्यपि, उनले कुन राजनीतिक दल वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्ने विषय भने खुलाएका छैनन्।
लुम्बिनी इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्दै आएका खनाल पेसाले इन्जिनियर हुनुका साथै लोक तथा दोहोरी गायन क्षेत्रमा समेत सक्रिय छन्।
उनको पछिल्लो अभिव्यक्तिले बुद्धभूमि नगरपालिकाको आगामी राजनीतिक चर्चामा नयाँ तरंग ल्याएको छ। अब उनले सार्वजनिक गर्ने विकासको भिजन, ठोस योजना र समृद्धिको खाकालाई नगरवासीले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।