logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

विविध

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर जुटाउन सरकारले प्रक्रिया थाल्यो।

सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ४–५ अर्ब डलर जुटाउने प्रक्रिया अघि बढाएको छ। आगामी ३–५ वर्षभित्र स्रोत जुटाउन भारत, चीन, विश्व बैंक र एडीबीसँग संवाद भइरहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने प्रक्रिया अघि बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय विशेष समितिको बैठकमा आगामी ३ देखि ५ वर्षभित्र भारत, चीन, विश्व बैंक र एडीबीसँग संवाद गरी कुल रकमको ८० प्रतिशत स्रोत जुटाउने लक्ष्य रहेको जानकारी दिए।

यसैक्रममा, जलवायुजन्य क्षति तथा नोक्सानीसम्बन्धी कोष (लस एन्ड ड्यामेज फन्ड) बाट नेपालले पहिलोपटक २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने भएको छ। साथै, सरकार दक्षिण एसियामै पहिलोपटक विनाशकारी विपद् बीमा (क्याटास्ट्रोफिक इन्स्योरेन्स) प्रणालीमा सहभागी भएको छ। पुनर्निर्माणका लागि चालु बजेटबाट रकम पुनः विनियोजन गरी कार्य अघि बढाइनेछ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।