गैडे सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारण सभा सम्पन्न
-
भक्तिराम घिमिरे
अर्घाखाँची | ४ मंसिर २०८३, बिहीबार
गैडे सामुदायिक वन उपभोक्ता समूह शितगंगा नगरपालिका–११ को १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
२०८३ साल मंसिर ३ गते सामुदायिक वनको भवन वीरपुरमा आयोजित सभाको अध्यक्षता समूहका अध्यक्ष जुद्धबहादुर सुनारले गर्नुभएको थियो। कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रवक्ता तेजबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा शितगंगा सवडिभिजन वन कार्यालय पत्थरकोटका प्रमुख प्रदीपकुमार चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले सामुदायिक वन स्थानीय उपभोक्ताको साझा सम्पत्ति भएकाले यसको संरक्षण, सदुपयोग र दिगो व्यवस्थापनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि चौधरीले वन संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा उपभोक्ता समूहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै वन ऐन तथा नियमको पालना गरी वन स्रोतको उचित उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले वनलाई संरक्षणसँगै आयआर्जन र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
सभाले आगामी वर्षका लागि १ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
कार्यक्रममा समूहका कोषाध्यक्ष हुमकला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सूर्यप्रसाद भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन समूहकी सचिव सीता बेल्बासेले गर्नुभएको थियो।
साधारण सभाको अवसरमा ८ जना ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी अपाङ्गता भएका ५ जना, एक जना दृष्टिविहीन तथा ६ जना विपन्न एवं जेहेन्दार विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो।
सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै सम्पन्न सभाले आगामी वर्षका योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
थप समाचार
७ मंसिर २०८३, आईतवार
श्री प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साध...
२० कार्तिक २०८३, बिहीबार
कर्णाली सरकारद्वारा पर्यटन प्रवर्द्धन र गन्तव्य स्तरोन्नतिका...
२० कार्तिक २०८३, बिहीबार
रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको राहुघाट जलवि...
१४ कार्तिक २०८३, शुक्रबार
श्री देवीस्थान सामुदायिक वनको १५औँ वार्षिक साधारण सभा सम्पन्...
१४ कार्तिक २०८३, शुक्रबार
विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच प्रभावकारी स...
१४ कार्तिक २०८३, शुक्रबार
कर्णालीका १९ रुग्ण आयोजनाबारे निर्माण व्यवसायीसहित सरोकारवाल...
२१ कार्तिक २०८३, शुक्रबार
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर जुटाउन सरका...
२१ कार्तिक २०८३, शुक्रबार
गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै दान...
२१ कार्तिक २०८३, शुक्रबार
हुम्ला केन्द्रबिन्दु भएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प...
२१ कार्तिक २०८३, शुक्रबार
कैलाली: गोदावरीको गेटास्थित होटलबाट जुवातास खेलेको आरोपमा प्...
२१ कार्तिक २०८३, शुक्रबार
धनकुटा: देवनटारबाट जुवातास खेलिरहेको आरोपमा प्रहरीद्वारा नौ...
२१ कार्तिक २०८३, शुक्रबार
जनकपुरधाम: मधेशमा जसपा, एमाले र नेकपाको नयाँ सत्ता समीकरण बन...