logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

विविध

कैलाली: गोदावरीको गेटास्थित होटलबाट जुवातास खेलेको आरोपमा प्रहरीद्वारा १४ जना पक्राउ।

कैलाली: गोदावरी नगरपालिका–५ गेटास्थित रमेश होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

कैलाली: कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित रमेश होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित १४ जना पक्राउ परेका छन्। बिहीबार राति गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उक्त होटलमा छापा मारेको थियो।

छापा मार्ने क्रममा जुवातास खेलिरहेका उनीहरूको साथबाट प्रहरीले नगद ६८ हजार ६१० रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ। पक्राउ पर्नेमा होटल सञ्चालक रमेश रानालगायत रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका सबै व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।