logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

विविध

हुम्ला केन्द्रबिन्दु भएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प गयो।

हुम्लाको ठेहे आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले यसको पुष्टि गरेका हुन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको छ।

भूकम्पको धक्का महसुस भए पनि यसबाट भएको सम्भावित क्षति वा अन्य प्रभावबारे विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको छ। स्थानीय प्रशासन तथा प्रहरीले भूकम्पबाट परेको प्रभावको जानकारी लिन अध्ययन र सूचना संकलन गरिरहेको जनाइएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।