logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

जिवनशैली

भक्तपुरमा प्रशासनको दाबीविपरीत अझै ग्याँस अभाव, उपभोक्ता सिलिन्डरका लागि धाउन बाध्य

प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहजै एलपी ग्याँस पाउन सकेका छैनन्। महिनौँदेखि ग्याँस अभाव झेल्दै आएका स्थानीयवासी एउटा सिलिन्डरका लागि डिलर धाउन बाध्य छन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २० कार्तिक २०८३, बिहीबार

भक्तपुरमा प्रशासनको दाबीविपरीत एलपी ग्याँसको चरम अभाव देखिएको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आपूर्ति सहज भएको र सिलिन्डर साटेर लिन सकिने बताए पनि उपभोक्ता महिनौँदेखि भौँतारिरहेका छन्। स्थानीय सविना बोहजु र सुनील दुवालले तीन महिनादेखि डिलर र पसल धाउँदा पनि ग्याँस नपाएको गुनासो गरे।

दसैँअघि वितरणको सूचना दिने प्रशासनले अहिले सहज ठानेर सूचना रोकेको छ। बजारमा ग्याँस सहज भएको हल्ला चले पनि वास्तविक उपभोक्तासम्म नपुग्दा घरायसी कामकाज प्रभावित भएको छ। प्रशासनको दाबी र यथार्थबीच तालमेल नहुँदा उपभोक्ता अन्योलमा छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।