logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

जिवनशैली

आगामी तिहारमा देशभरिको मौसम अधिकांश समय घमाइलो रहने पूर्वानुमान

आगामी तिहार अवधिभर देशभरिको मौसम अधिकांश समय घमाइलो रहने पूर्वानुमान गरिएको छ। मौसमविदका अनुसार आगामी एक सातासम्म वर्षाको सम्भावना नरहेकाले कात्तिक २२ को काग तिहार र २५ को भाइटीका सहज बित्नेछ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २० कार्तिक २०८३, बिहीबार

नजिकिँदै गरेको तिहारमा देशभरिको मौसम अधिकांश समय घमाइलो रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग र सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार कात्तिक २२ को काग तिहारदेखि २५ गतेको भाइटीकासम्म उल्लेख्य फेरबदल र ठूलो वर्षाको सम्भावना छैन।

यस अनुकूल मौसमले तिहार पर्व मनाउन र धान काट्ने किसानलाई ठूलो राहत पुग्नेछ। यद्यपि, तराई र उपत्यकामा बिहानपख हल्का हुस्सु लाग्न सक्नेछ। जाडोयाम सुरु भएसँगै वर्षा र हावा नचल्ने, तथा सवारी एवम् उद्योगका कारण तिहार अवधिभर वायु प्रदूषण बढ्ने जोखिम रहेकाले सतर्कता अपनाउन डा. पोखरेलले ध्यानाकर्षण गराउनुभएको छ। 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।